लक्ष्मी सनराइज बैंकको बोनससहित लाभांश घोषणा
- Nov 17, 2025
- 287
लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश प्रस्ताव पारित गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।










No comments yet.