गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा ३८०० प्रतिशतभन्दा बढी वृद्धि
- Apr 29, 2025
- 25
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ।
चैत मसान्तसम्ममा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८१२.८४ प्रतिशतले वृद्धि हो। गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा मात्र ७ लाख १ हजार रुपैयाँ थियो।
आम्दानी उल्लेख्य रुपमा बढेसँगै नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा (GMLI) को कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेको छ भने कुल आम्दानी ३७०.६६ प्रतिशतले बढेको छ। यसै अवधिमा कुल दाबी भुक्तानी १२११.१३ प्रतिशत र कुल खर्च ३२५.५७ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा EPS ४ रुपैयाँ ७० पैसाले वृद्धि भई ४ रुपैयाँ ८८ पैसामा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ५०७.९१ गुणा रहेको छ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्ग्समा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित रहेको छ।
No comments yet.