आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
- Oct 9, 2025
- 254
एभरेष्ट बैंक लिमिटेड (EBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज २३ गते) रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २४ गते बुकक्लोज गर्ने भएको छ।
यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले बैंकको लाभांश प्राप्त गर्न र आगामी साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
एभरेष्ट बैंकले कात्तिक १२ गते (बुधबार) काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सो कोष कर प्रयोजनार्थसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य एजेन्डाहरू पनि सभाले पारित गर्नेछ।
Share Training in Kathmandu / Deep Thapa : 9849290806












No comments yet.